स्वास्थ्य

सुत्केरी बेथाले थलिएकी लामाको उद्धार

सुत्केरी बेथाले थलिएकी लामाको उद्धार

 

१७ असार । शुक्रबारदेखि सुत्केरी बेथाले थलिएकी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेतकी ३५ वर्षीया छोर्तेङ लामाको उद्धार गरिएको छ।

घर नजिक स्वास्थ्य संस्था नभएको र प्रसूति सेवाका लागि गोरखा सदरमुकाम वा काठमाडौँका अस्पताल पु¥याउनुपर्ने अवस्था रहेपनि हेलिकप्टरको खर्च तिर्नसक्ने परिवारको अवस्था नभएकाले लामाको उद्धार हुन सकेकाे थिएन ।

सुत्केरी बेथाले थलिएकी छाेर्तेङलार्इ शनिबार दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो । शुक्रबारदेखि सुत्केरी बेथा लागे पनि लामाले बच्चा जन्माउन सकेकी थिइनन्। लामालाई अहिले थापाथलीको प्रसूति गृहमा उपचार सुरु गरिएको चुम्चेतका धावा ग्याल्जेन लामाले बताए ।

 

विशेष