देश

युग सुहाउदो पत्रकारिताका लागि जाजरकोटमा क्षमता विकास तालिम

युग सुहाउदो पत्रकारिताका लागि जाजरकोटमा क्षमता विकास तालिम

असार - १७ । परिस्थिति अनुसारको पत्रकारिता गर्न पत्रकारहरुको क्षमता बिकास हुन आवश्यक रहेको स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले वताएका छन् । जिल्ला सदरमुकाम खलंगामा सञ्चालन भएको पत्रकारीता तालिमको उद्घाटनमा आफ्नो भनाई राख्दै स्थानिय विकास अधिकारी पण्डितले यस्तो वताएका हुन ।

एक जमानामा अफसेट प्रेसमा राम्रोसंग अक्षर मिलाउन सक्ने व्यक्ति नै कुशल पत्रकार मानिदै आएको वताउदै स्थानिय बिकास अधिकारी पण्डितले भने–“अहिले आईटीको जमाना छ, आज दिनभर अमेरीकाका राष्ट्रपतिले गरेको काम साईवरद्धारा आज नै संसारभरिका मान्छेले थाहा पाईसकेका हुन्छन्, एउटा सानो चिप्स राखेर एकै क्लिङ्कमा संसारलाई हेर्न सकिने जमाना आएको छ, युग सुहाउदो पत्रकारिता गर्नका लागि पनि पत्रकाहरुको क्षमता विकास गर्न पनि यो पत्रकारिता तालिमको आयोजना गरिएको हो ।”

पत्रकारितावाट मानव सेवा गर्नु पर्नेमा जोड दिदै नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले भने–“राज्यको नागरिक सेवा प्रवाहमा सहयोग गर्नुका साथै गुणस्तरिए सेवा प्रवाहका लागि खबरदारी गर्नु पर्दछ, त्यसका लागि पत्रकारहरुसंग ज्ञान, सिप र क्षमता हुन जरुरी हुन्छ, यसको बिकासका लागि हामी पत्रकारिता तालिम गरिरहेका छौं ।”

पत्रकारितावाट समाज परिवर्तन गर्न सकिने वताउदै पत्रकार राजेन्द्र कार्कीले भने–“पत्रकारितावाट समाजलाई नयाँ ज्ञान तथा चेजना दिनुको साथै रुपान्तरणका लागि नयाँ जागरण पैदा गर्न सकिन्छ ।” तीन दिन सम्म सञ्चालन हुने उक्त तालिममा छापा पत्रकारिता, रेडियो पत्रकारिता र अनलाईन पत्रकारिता जस्ता बिषयबस्तुहरु समेटिएको नेपाल पत्रकार महासंघ, जाजरकोटले जनाएको । नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाको आयोजनामा सञ्चालित उक्त तालिममा आर्थिक सहयोग जिल्ला समन्वय समितिले गरेको छ भने, सहजीकरण पत्रकार राजेन्द्र कार्की, जनक केसी र बीरबहादुर गिरीले गर्ने जनाईएको छ । उक्त तालिममा २५ जना पत्रकारहरुले भाग लिई रहेका छन् ।

 

विशेष