मनोरञ्जन

ब्वाइफ्रेण्ड नहुँदा नम्रतालाई हाइसन्चो

ब्वाइफ्रेण्ड नहुँदा नम्रतालाई हाइसन्चो


असार २७ । फिल्म ‘अन्तराल’बाट फिल्ममा डेब्यु गर्दा नम्रता सापकोटालाई धेरैले सम्भावना भएकी अभिनेत्रीको रुपमा हेरेका थिए तर फिल्म रिलिज भएपछि नम्रताले फिल्ममा भन्दा पनि ‘ब्वाइफ्रेन्ड’मा भविष्य देखिन् ।

म्युजिक भिडियो हुँदै फिल्ममा आएकी उनले त्यो समयमा म्युजिक भिडियो पनि पातलो गरिन् तर पछिल्लो समय ‘ब्वाइफ्रेन्ड’सँग ब्रेकअप भएपछि फिल्म क्षेत्रमा नम्रताको सक्रियता बढेको छ । बीचमा गौरव पहारीसँग नाम जोडिएको भए पनि दुवैलाई हिजोआज सँगै देखिएको छैन ।

अर्थात, नम्रता हिजोआज ब्वाइफ्रेन्डविहीन छिन् । त्यसैले त होला उनले एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा ब्वाइफ्रेन्ड नहुँदा हाइसञ्चो भएको बताएकी छन् । उनको यो भनाइले विचरीले ब्वाइफ्रेन्ड हुँदा राम्रै दुःख पाइछन् कि भन्ने शंका उब्जाउँछ । नत्र किन सञ्चो भएको कुरा यसरी गर्व साथ बताउँथिन् ।

विशेष