स्वास्थ्य

यस्तो छ गुणकारी जामुनको फाइदा

यस्तो छ गुणकारी जामुनको फाइदा


असार २७ । जामुन जति स्वादिलो हुन्छ, त्यति नै यसका औषधीय गुणहरुले पनि यो पूर्ण रहेको पाइन्छ ।

यसलाई विभिन्न स्थानहरुमा विभिन्न नामले पनि चिन्ने गरिन्छ । जस्तै– राजमन, कालाजामुन, जमाली, ब्ल्याकबेरी आदि । यसको प्रकृति अम्लीय भए पनि यसको स्वाद मीठो हुन्छ । अम्लीय भएका कारण जामुनलाई नुनसँग खाने पनि गरिन्छ । जामुनमा ग्लुकोज र फ्रक्टोज पाइन्छ । यसमा खनिजको मात्रा पनि अधिक हुन्छ । यसको बीउमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम अधिक मात्रा पाइनुका साथै आइरन, भिटामिन र फाइबर पाइन्छ ।

जामुनले शरीरको पाचनशक्तिलाई मजबुत गराउनुका साथै यसले पेटसम्बन्धी विकारहरुलाई कम गर्दछ । डायबेटिजको उपचारका लागि जामुन धेरै नै उत्तम मानिन्छ । मधुमेहका रोगीले जामुनका दानालाई सुकाएर, पिसेर नियमित सेवन गर्ने हो भने सुगरको लेभल घट्ने गर्दछ ।

जामुनमा एन्टी क्यान्सरका गुण पनि पाइने बताइन्छ । केमोथेरापी र रेडिएसनमा पनि जामुन फाइदाजनक हुने गर्दछ ।जामुनको पाकेको फल खानाले पथरीमा फाइदा पुग्दछ । जामुनको दानाको चूर्ण दहीसँग मिलाएर खानाले पथरीमा फाइदा पुग्दछ । लिवरका लागि जामुनको प्रयोग धेरै नै फाइदाजनक हुने गर्दछ । कब्जियत र पेटका रोगीका लागि जामुन फाइदाजनक हुन्छ । त्यस्तै मुखभित्र देखिने छालाका समस्यामा पनि जामुनको रस प्रयोग लाभदायक मानिन्छ ।

आउँ या रगत मिसिएको आउँमा पनि जामुन लाभकारी हुन्छ । पातलो दिसा अथवा आउँ हुँदा जामुनको रसमा वीरेनुनसँग मिलाएर खाँदा फाइदा पु¥याउँछ ।
हाम्रो घरवरिपरि यस्ता धेरै औषधीय गुणहरुले भरिपूर्ण स्थानीय साम्रगीहरु छन्, त्यसको समुचित प्रयोगले हाम्रो स्वास्थ्यको रक्षा गर्न सकिनुका साथै आनावश्य झन्झटबाट मुक्ति मिल्दछ ।

विशेष