मनोरञ्जन

धुर्मुस सुन्तलीको चरित्र चित्रण गर्दै गायक पूर्ण परियारको तीज गीत सार्वजनिक(भिडियो सहित)

धुर्मुस सुन्तलीको चरित्र चित्रण गर्दै गायक पूर्ण परियारको तीज गीत सार्वजनिक(भिडियो सहित)

असार २८ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै एक महिना बाँकी रहँदा तीजका गीतहरु धमाधम बजारमा प्रदर्शन हुन थालिसकेका छन् । यसै क्रममा गायक पूर्ण परियारको ‘कत्ति राम्री कत्ति’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

अधिकांश तीजका गीतहरुमा चेलीको बेदनाका शब्दहरु समेटिएका हुन्छन । कसैले जडिया पोइ परेको, पोइ नराम्रो परेको, सासुले दिएको पिडा एक अर्कालाई दोष आरोप लगायतका विषयमा गीतहरु बनाइरहेको अवस्थामा गायक पुर्ण परियारले यसपालिको तीजमा फरक किसिमको गीत बजारमा ल्याएका छन ।

अरु भन्दा मेरो श्रीमान नै राम्रो र अरु केटी भन्दा मेरी श्रीमती राम्रो भन्ने शब्दहरु गीतमा समावेश गरिएका छन । गायक पुर्ण परियार भन्छन्, ‘श्रीमान श्रीमतीको पवित्र नातालाई विभिन्न टिकाटिप्पणी गरेर तीजका गीतमा गाइएको र त्यसले समाजमा नराम्रो सन्देश दिइरहेको अवस्थामा सन्देशमुलक गीत ल्याउने प्रयास गरेको छु ।’ उनी भन्छन, ‘मैले यो गीत धुर्मुस सुन्तलीलाई हेरेर बनाएको हो । जसले श्रीमान श्रीमती मिलेर त्यत्रो महान काम गरेका छन । श्रीमान श्रीमती मिलेर काम गर्दा केहीको कमी नहुने सन्देश यो गीतले दिन खोजेको छ ।’

विशेष