मनोरञ्जन

अभिनयमा अब्बल कपूर खानदानको यस्तो छ शैक्षिक योग्यता, रनबीर कपूर बढि पेढेलेखेका

अभिनयमा अब्बल कपूर खानदानको यस्तो छ शैक्षिक योग्यता, रनबीर कपूर बढि पेढेलेखेका

असार २८ । बलिउड अभिनेता रनबीर कपूर अभिनित फिल्म जग्गा जासुस यही जुलाई १४ मा प्रदर्शन हुँदै छ । उनी बलिउडको सबैभन्दा ठूलो मानिने कपूर खानदानबाट आएका हुन् । बलिउडको यो खानदानले एक से एक स्टारलाई जन्म दिएको छ । तर, यो खानदानका सदस्यको शैक्षिक योग्यताबारे कुरा गर्दा उनीहरु यसमा भने कमजोर ठहरिन्छन् ।

बलिउडको यो ठूलो खानदानमा रनबीर कपूर आफूलाई बढि पढेलेखेको मान्ने गर्छन् । हालै फिल्मको प्रचारको क्रममा दिइएको एक अन्तर्वार्तामा रनबीरले भने, ‘म आफ्नो खानदानको सबैभन्दा पढेलेखेको मान्छे हुँ ।’ उनले कक्षा दशसम्मको अध्ययन गरेका छन् ।

उनले थपे, ‘जब म सानो थिएँ, मेरो पढाई राम्रो थिएन । आमा मलाई सधैँ धम्क्याउने गर्नुहुन्थ्यो ।’ उनले भने, ‘जब मेरो रिजल्ट आउथ्यो तब मेरी आमा स्कुल आउनुहुन्थ्यो र म सधैँ उनलाई अब राम्रो पढ्छु भनेर वचन दिने गर्थे ।’

कपूर खानदानमा अभिनेत्री करिश्मा कपूरले पाँच कक्षा सम्मकोमात्र अध्ययन गरेकी छिन् । १७ वर्षको उमेरमै उनी फिल्मी करियरमा लागेकी थिइन् । त्यस्तैगरि करिना कपूर स्कुल पछि कलेजमा भर्ना भइन् । तर, फिल्ममा करियर बनाउनको लागि उनले पढाई बीचमै छोडिन् ।
त्यस्तैगरि अभिनेता ऋषी कपूर कक्षा ८ मा फेल भएका थिए । यो कुरा रनबीरले एक अन्तर्वार्तामा बताएका थिए । उनी पनि १८ वर्षकै उमेरमा फिल्ममा काम गर्न थालिसकेका थिए ।

अभिनेता तथा करिश्मा र करिनाका पिता रनधीर कपूरले पनि फिल्ममा आउनको लागि पढाईलाई महत्व दिएनन् । उनले पनि कक्षा ९ मा फेल भएपछि पढाईलाई निरन्तरता दिएनन् । रनधीरले ८ वर्षकै उमेरमा बाल कलाकारको रुपमा फिल्ममा काम गरेका थिए ।

राज कपूर अर्थात् रनधीर र ऋषी कपूरमा पिता पनि धेरै पढेलेखेका थिएनन् । उनी पनि कक्षा ६ मा फेल भएपछि पढाई छोडेका थिए । यस्तैगरि राज कपूरका भाइसमेत रहेका अभिनेता, निर्माता तथा निर्देशक शशी कपूरले पनि विद्यालयको पढाई पूरा गरेका छैनन् ।

विशेष