पढेलेखेको प्रमाणपत्र छैन तै पनि बोर्डको अध्यक्ष हुने धुनमा राजकुमार राई
असार २८ । कहिले शेरधन राईको नाम बेचेर खाए, कहिले आइजिपी दूर्जकुमार राई आफ्नै नातेदार भएको गफ लाए । यसरी चारवर्षे कार्यकालमा एउटै सिन्को नभाचेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार रार्ई कार्यकाल दोहोर्याउने धुनमा छन् । २२ जेठदेखि अध्यक्ष पद रिक्त छ । यसपटक बाधक बनेर अगाडि उभिएको छ शैक्षिक योग्यता ।
क्याबिनेटबाट पास भएको मापदण्डलाई नै उल्टाएर भए पनि अध्यक्ष बन्ने दौडमा छन् । शेरधन राईले कम्तीमा स्नातक उत्तीर्ण हुनै पर्ने प्रस्ताव क्याबिनेटमा लगएका थिए । उक्त प्रस्ताव पूर्वसञ्चारमन्त्री सुरेन्द्र कार्कीको समयमा पास भएको हो । राई यतिबेला पुरानो भोजपुर जिल्लाबासी मीन श्विकर्मा सञ्चारमन्त्री बन्न लागेको बताउँदै जसरी पनि अध्यक्ष दोहोरिने दाबी गर्छन ।
यता, हाल लण्डनमा सम्पन्न बक्स फिल्म अवार्डमा राईले भिसा नपाएको चर्चा छ । गुन्डा नाइके दीपक मनांगेको चार करोडभन्दा बढी रकम ल्याएर चक्रिय ब्याजमा लगाउँदै कलाकार डुबाउँदै आएका राईविरुद्ध अख्तियार दुरुययोग अनुशन्धान आयोगमा पनि उजुरी दर्ता भएको छ । सोही कारण राईले भिसा पाएनन् । राईसँगै भिसा नपाउनेमा कलाकार नरेन्द्र महर्जन, सरिता लामिछाने भएको बताइन्छ ।