खेल

रवि शास्त्री बने भारतीय क्रिकेट टिमका प्रशिक्षक

रवि शास्त्री बने भारतीय क्रिकेट टिमका प्रशिक्षक


असार २८ । भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पूर्व कप्तान रवि शास्त्री नियुक्त भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतीय टिमको निर्देशक भइसकेका शास्त्रीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । पूर्व तीव्र गतिका बलर जाहिर खानलाई बलर सल्लाहकार र पूर्व कप्तान राहुल द्रविडलाई विदेश भ्रमणका क्रममा टेष्ट क्रिकेटका लागि ब्याट्सम्यान सल्लाहकार बनाइएको छ ।

सचिन तेन्दुलकर, सौरभ गांगुली र भीभीएस लक्ष्मणको सल्लाहकार टिमले आवेदकहरुसँग साक्षात्कार गरेको र भारतीय क्रिकेटको हितमा निर्णय लिएको बीसीसीआईका कार्यवाहक सचिव अमिताभ चौधरीले बताएका छन् ।

उनका अनुसार मुख्य प्रशिक्षक शास्त्री २०१९ मा हुने विश्वकपसम्मका लागि नियुक्त भएका हुन् ।

विशेष