कर्पोरेट

एनसेलको बाँकी कर तत्काल उठाउन लेखा समितिको निर्देशन

एनसेलको बाँकी कर तत्काल उठाउन लेखा समितिको निर्देशन

असार – २९ । व्यवस्थापिका–संसदको लेखा समितिले एनसेलले तिर्नु पर्ने करबापतको बाँकी रकम असुल्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले आजियाटा र टेलियासोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर्नेमा २३ अर्ब ५७ करोड ४२ लाख मात्र बुझाएको छ ।

बैठकमा सांसद रामहरी खतिवडाले नेता र कर्मचारीको मिलेमतोमा छुट दिने तयारी भएको आरोप लगाए । समितिमा १२ जना सांसदले नै एनसेलसँग कर उठाउन माग गरेका थिए । 

विशेष