समाज

पक्की घरको आसमा बिचल्ली

पक्की घरको आसमा बिचल्ली

असार २९ । सरकारले पक्की घर बनाइदिने भनेपछि फुसको घर भत्काइयो । तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैनौ, त्रिपालको ओतमा सामान राखेकी वीरगन्ज रामगढवाकी कौशीला देवीले भन्नुभयो, ‘पानी परेका बेला बालबच्चालाई लिएर छिमेकीको घरमा शरण लिई रात बिताउनुपरेको छ । सरकारले राम्रो घर बनाइदेला भन्ने आशामा रहेका कौशलादेवी जस्तै पर्साका गरिब र दलित समुदाय दुई महिनादेखि बिचल्लीमा छन् ।

जनता आवास कार्यक्रममार्फत सुरक्षित घरको आश्वासन पाएका उनीहरूले घर भत्काएको महिनौं बितिसक्दा पनि नयाँ घर बनाउन सकेका छैनन् । घर नबन्दा वर्षा र झरीको बेला कष्टकर जीवन बिताउन बाध्य छन् ।

सरकारले जनता आवास कार्यक्रममार्फत चालु आवमा पर्साका दलित, गरिब, विपन्न समुदायका लागि हजार वटा घर बनाउने योजना सार्वजनिक गरेको थियो । पर्साको पाँचवटै निर्वाचन क्षेत्रमा दुईरदुई सय गरी कुल एक हजार वटा सुरक्षित घर बनाउने योजना छ । सहरी विकास मन्त्रालयले एउटा घरको लागत दुई लाख १४ हजार सात सय रुपैयाँ राखेको छ ।

घर निर्माणका लागि मन्त्रालयले जिल्लास्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत घरधनीलाई चार किस्तामा रकम उपलब्ध गराउने प्रावधान छ । तर, सम्बन्धित घरधनीले अहिलेसम्म आवास निर्माणका लागि पहिलो किस्ता बापतको रकमसमेत पाएका छैनन् ।

पक्की घर बन्ने आश्वासन पाएपछि दलित, गरिब र विपन्न समुदायले वैशाखमै फुसको घर भत्काएर जगसमेत खनिसकेका छन् । तर, जग खनेलगत्तै पहिलो किस्ता पाउने आशामा रहेका अधिकांश गरिब, अति विपन्नले घर भत्काएको तीन महिना बित्दा पनि रकम पाएका छैनन् ।

अन्नपूणार्

विशेष