मनोरञ्जन

विवाह गर्दै सोनम

विवाह गर्दै सोनम


असार २९ । भारतीय अभिनेत्री सोनम कपुर छिट्टै विवाह गर्ने तयारीमा रहेको बताइएको छ ।

चर्चित बलिउड अभिनेता अनिल कपुरकी छोरी सोनमले सन् २०१७ मा विवाह गर्न लागेको भारतीय मिडियाले बताएका छन् । भारतका सफल ब्यापारिक घरानाका ब्यक्ति आनन्द आहुजासँग सोनमको बिहे हुन लागेको हो ।

उनीहरुबीच केही समय पहिले देखी प्रेम सम्बन्धमा रहेको बताइएको तथा अनिल कपुरको परिवार पनि यो विवाहका लागि राजी भएको भारतीय मिडियाले जनाएको छ ।

तर सोनमले सञ्चारकर्मीहरुको प्रश्नमा विवाह गर्न लागेको भन्ने चर्चाबारे बोल्न चाहेकी थिइनन् । एक टेलिभिजन शोमा भने सोनमले आफू सिंगल रहेको र कसैसँग डेट नगरेको बताएकी थिंइन् ।

विशेष