खेल

इंग्ल्यान्ड महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

इंग्ल्यान्ड महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश


असार २९ । इंग्ल्यान्डकोे घरेलु मैदानमा जारी आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा न्युजिल्यान्डलाई ७५ रनले पराजित गर्दै इंग्ल्यान्डले लगातार पाँचौ जितसहित सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

डर्बीमा इंग्ल्यान्डले दिएको २८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड ४६ ओभर ४ बलमा अलआउट हुँदै २०९ रनमा समेटियो । जितसँगै ६ खेलबाट इंग्ल्यान्डले १० अंक जोडेको छ । र, लिगको शिर्ष स्थानमा रहेको इंग्ल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको छ । पराजित न्युजिल्यान्डको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । ७ अंक जोडेको न्युजिल्यान्ड चौथो स्थानको भारतभन्दा १ अंकले पछि छ ।

काउन्टी मैदानमा इंग्ल्यान्डले दिएको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डकी कप्तान सुजी बटेसले ४४ तथा केटी पेर्किन्सले अविजित ४३ रन जोडेपनि टोलीलाई जित दिलाउन सकिनन् । त्यस्तै न्युजिल्यान्डका एमी सत्टर्थ्विटले ३५ रन बनाईन् ।

न्युजिल्यान्डलाई सस्तैमा रोक्न इंग्ल्यान्डकी एलेक्स हार्टलीले ३ तथा जेनी गुनले दुई विकेट लिईन् ।

विशेष