बलिउडका यी कलाकार जसलाई यौन दूराचारको आरोप लाग्यो
असार ३० । सामान्य मानिसदेखि लिएर सेलिब्रेटीलाई पनि कहिलेकाहीँ यौन दुव्र्यवहारको आरोप लाग्ने गर्छ । तर, सेलिब्रेटीलाई लागेको आरोपले भने चर्चा पाउँछ । यी हुन् यौन दुव्र्यवहारको आरोपमा परेका चर्चित बलिउड कलाकार ।
इरफान खान — बलिउडका चर्चित अभिनेता इरफान खानलाई आफ्नो को स्टारलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । ममता पटेल नाम गरेकी अभिनेत्रीलाई इरफानले एक फिल्मको बाहिरी सुटिङको क्रममा यौन दुव्र्यवहार गरेका थिए । इरफनले उनलाई बलिउडमा काम दिलाउने प्रलोभनमा पार्दै शारीरीक शोषण गरेको बताइन् ।
आदित्य पंचोली — अभिनेता आदित्य पंचोलीलाई पनि घरमा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । त्यतिबेला आदित्य र पूजा वेदी प्रेम सम्बन्धमा थिए । आदित्यको यस्तै व्यवहार थाहा पाएप्छि उनले आदित्यसँगको सम्बन्ध तोडेकी थिइन् ।
सुभाष घई र मनिषा कोइराला — ९० को दशकमा अभिनेत्री मनिषा कोइरालाकी आमाले फिल्म निर्देशक सुभाष घईमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । यसबारेमा मनिषाले कहिल्यै मुख खोलिनन् र यो घटनापछि उनले कहिल्यै पनि सुभाषसँग काम गरिनन् ।
ज्याकी श्रोफ — बलिउडमा ज्याकी श्रोेफ एक यस्ता अभिनेता हुन् जो कन्ट्रोभर्सीबाट टाढै रहन्छन् । तर, ८० को दशकमा उनलाई अभिनेत्री तब्बुकी बहिनी फराहले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । फराहले ज्याकीलाई सुटिङको क्रममा त्यस्तो हर्कत गरेको बताएकी थिइन् ।
शक्ति कपूर — सन् २००५ मा बलिउडका रिल लाइभ भिलेना शक्ति कपूर असली जिन्दगीमा पनि भिलेन बनेर देखिए । एक स्टिंग अपरेसनामा शक्ति कपूरले फिल्ममाा रोल दिइने प्रलोभनमा यौन दुव्र्यवहार गरेको फुटेज बाहिरिएको थियो । यो खबले मिडियामा पनि ठूलै स्थान पायो ।
अंकित तिवारी — फिल्म ‘आशिकी २’ का महशुर गायक अंिकत तिवारी ‘सुन रहा है ना तु’ बोलको गीतले खुब चर्चामा आए । उनी र उनका भाइलाई मुम्बई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको थियो । अंकितमाथि धोका, बलात्कार र धम्की दिइएका आरोपहरु पनि लागेका छन् । हाल यो मामला अदालतसम्म पुगेको छ ।
इन्दर कुमार — बलिउड अभिनेता इन्दर कुमार सलमानका निकट मानिन्छन् । सलमानसँग उनले फिल्म ‘वान्टेड’मा अन्तिम पटक काम गरेका थिए । सन् २०१४ मा बलत्कारको आरोप लागेपछि उनी अहिले पर्दाबाट एकाएक हराएका छन् ।
harrassment harrasment