मुख्य समाचार

पत्नीको रिटपछि चुडामणि शर्मालाई सर्वोच्चमा उपस्थित गराइयो

पत्नीको रिटपछि चुडामणि शर्मालाई सर्वोच्चमा उपस्थित गराइयो

असार ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।

अख्तियारको टोलीले शुक्रबार विहान उनलाई विशेष अदालत पु¥याएको थियो । भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो ।
शर्माले पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
अख्तियारले शर्मासहित तीन जनाविरुद्ध झण्डै ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गर्दैछ । कर फछ्र्यौटसम्बन्धी ४५ फाइलको अध्ययन गर्दा १० अर्ब ९५ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
अख्तियारले बिहीबार नै मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । तर समय अभावका कारण सम्भव भएन ।

विशेष