मनोरञ्जन

शाहरुखलार्इ अहिलेसम्मकै मनपरेकाे फिल्म कुन होला ?

शाहरुखलार्इ अहिलेसम्मकै मनपरेकाे फिल्म कुन होला ?

असार ३० । धेरै कलाकारहरुलाई प्रश्न आफ्नो अहिलेसम्मकै मन परेको फिल्म कुन हो भनेर प्रश्न गदा सबै मनपर्ने भन्ने जवाफ फर्काउने गर्छन् । प्रश्नको ठ्याक्क जवाफ दिने गरेका बलिउड अभिनेता शाहरुखले भने आफ्नो जीवनकालमा सबैभन्दा मन परेको फिल्म ‘देवदास’ भएको बताएका छन् ।

चर्चित ब्लकबस्टर फिल्म ‘देवदास’ को १५ वर्ष पूरा भएको अवसरमा शाहरुखले ट्वीतरमार्फत देवदास आफ्नो जीवनकालकै राम्रो लागेको फिल्म भएको बताएका हुन् । फिल्मका निर्देशक सञ्जय लिला भन्साली, माधुरी दिक्षित, एश्वर्या राय, ज्याकी श्रोफ सबैलाई धन्यवाद दिँदै उनले ट्वीट गरेका छन् ।

हाल उनी फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रचारको क्रममा व्यस्त रहेका छन् । इम्तियाज अलीको निर्देशनमा बनेको यस फिल्ममा शाहरुखसँग् अनुष्का शर्माले जोडी बाँधेकी छिन् । फिल्म अगस्ट ४ मा रिलिज हुँदै छ ।

विशेष