मनोरञ्जन

सलमानले ज्यान मार्ने धम्की दिएपछि विवेकले एश्वेर्या छाडेका रहेछन्

सलमानले ज्यान मार्ने धम्की दिएपछि विवेकले एश्वेर्या छाडेका रहेछन्

असार ३१ । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायलाई कुनै समय सलमान खान र विवेक ओबरोयको नामसँग जोडिन्थ्यो । सन् १९९९मा सलमानसँग प्रेम सम्बन्धमा रहेकी ऐश्वर्या सलमानसँगको विछोड पछि विवेक ओबरोयसँग सम्बन्धमा थिइन् । तर, सलमानले उनीहरुको सम्बन्ध पनि भाडिदिए ।

ऐश्वर्याले अहिलेसम्म पनि आफू विवेकसँग प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार गरेकी छैनन् । तर, यी दुई धेरै समारोहमा सँगै देखिन्थे । फिल्म ‘क्यो हो गया ना’ सँगै काम गरेपछि उनी एकअर्कासँग नजिकिएका थिए । तर, उनीहरुको यो सम्बन्ध सलमानलाई पाच्य भएन । सन् २००१ मा सलमान र ऐश्वर्याको सम्बन्ध टुटेपछि एश्वर्या र विवेकको हिमचिम बढ्न थालेको थियो ।

विवेकसँगको सम्बन्धबारे थाहा पाएपछि सलमानले मध्य रातमा विवेकलाई ४१ पटक फोन गरेर मार्ने धम्की दिएको कुरा विवेकले पत्रकार सम्मेलन गरेर नै भनेका थिए । त्यसपछि ऐश्वर्याले विवेकसँग दुरी बढाउन थालिन् । किनभने एश्वर्या अब कुनै पनि कन्ट्रोभर्सीमा फस्न चाहन्न थिइन् ।

सलमानको यस्तो धम्कीकै कारण र त्यसमाथि पनि यो विषयलाई लिएर विवेकले पत्रकार सम्मेलन नै गरेपछि ऐश्वर्याले विवेकलाई अपरिपक्वको संज्ञा दिएकी थिइन् । यसका साथै सम्बन्धमा चिसोपना बढे पछि विवेकले पनि ऐश्वर्याको प्लास्टिक हाँसो र प्लास्टिक मन भएको बताउँदै आएका थिए ।

विशेष