देश

छेडागाड नगरपालिकाका जनप्रतिनिधिद्वारा ८ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर

दीपबहादुर घर्ती

छेडागाड नगरपालिकाका जनप्रतिनिधिद्वारा ८ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर

असार - ३१ । जाजरकोटको छेडागाड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनीधिले ८ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । जनप्रतिनिधिलाई बदाई तथा अभिमुखिकरणका लागि आयोजित औपचारिक कार्यक्रममा ८ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले जनप्रतिनीधिलाई बिहिवार बदाई तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको थियो ।

बिहिवार सम्पन्न कार्यक्रममा जनप्रतिनीधिलाई बदाई दिनुको साथै सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले छेडागाड नगरपालिकामा सञ्चालन गरेको एकीकृत परियोजना र मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजनाकावारेमा जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको सेभ द चिल्ड्रेन एकीकृत परियोजनाका जिल्ला संयोजक मनोज सुनुवारले बताए ।

उक्त परियोजनाले छेडागाड नरपालीकामा गरिरहेका कृयाकलापहरुको वारेमा जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरेपछि जनप्रतिनीधिहरुले ८ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको संयोजक सुनुवारले जानकारी दिए ।

सुनुवारले दिएको जानकारी अनुसार जनप्रतिनीधिहरुले हस्ताक्षर गरेको ८ बुँदे प्रतिबद्धता पत्रमा–नगरपालीकाका सबै वडामा विद्यालय बाहिर रहेका बालबालिकाको संख्या शून्य बनाउने, प्रत्येक वडामा नमूना विद्यालय निर्माण गर्न पहल गर्ने, घरमै सुत्केरी हुनेहरुको संख्या शून्य बनाउने, कुनै पनि बालबालिकालाई खोपवाट बन्चित रहन दिने, एक घर एक पोषण बगैचालाई आत्म साथ गर्ने, बालबालिकालाई अति कुपोषणवाट मुक्त बनाउने, बालबिबाह मुक्त वडा घोषणा अभियानलाई प्राथमिकतामा राखेर काम गर्ने र बाल हिंसा मुक्त वडा बनाउन प्रतिबद्ध रहने उल्लेख गरिएकाे छ ।

त्यसैगरि छेडागाड नगरपालीमा साविकको देशेरा, सुवानाउली, पजारु र झाप्रामा सञ्चालित एकीकृत परियोजनालाई साल्मा र कार्कीगाउँमा बिस्तार गर्न सेभ द चिल्ड्रेनको केन्द्रिय कार्यालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ । मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजनाको कार्यक्षेत्रलाई पनि छेडागाड नगरपालीकामा विस्तार गरि साल्मा र झाप्रामा विस्तार गर्न केन्द्रिय कार्यालयसंग अनुरोध गर्ने निर्णय गरिएको छ ।

विशेष