स्वास्थ्य

शहरी स्वास्थ्य क्लिनिकका लागि १५ लाख मूल्य बराबरको जग्गादान

शहरी स्वास्थ्य क्लिनिकका लागि १५ लाख मूल्य बराबरको जग्गादान

 

असार - ३१ । झापाको गौरादह नगरपालिका– २ मा निर्माण हुन लागेको शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि स्थानीय दुईजना दाताले ४ कठ्ठा जग्गा दिएका छन् । 

गौरादह– २ का वडाध्यक्ष हेमन्त कार्कीका अनुसार स्थानीय भोलानाथ पौडेलले तीन कठ्ठा र दुर्गादेवी अधिकारीले एक कठ्ठा जग्गा दान दिएका हुन् । दान दिएको जग्गाको मूल्य करिब १५ लाखपर्ने बताइएकाे छ । दाता पौडेलले जनस्वास्थ्य कार्यालयको नाममा जग्गा पास गरिसकेका छन् छ भने दाता अधिकारीले छिट्टै पास गरिदिने वडाध्यक्ष कार्कीले बताए । 

वडाध्यक्ष कार्कीका अनुसार क्लिनिक निर्माणका लागि स्वास्थ्य मन्त्रालयतको पुर्नजागरण शाखाबाट २५ लाख निकासा भएको छ । समुदायमा आधारित क्लिनिकको भवन निर्माणका लागि अनुदानस्वरुप सरकारले एकमुष्ट उक्त रकम उपलब्ध गराएको हो । क्लिनिक निर्माणमा लाग्ने बाँकी रकम उपभोक्ता समितिले पूर्ति गर्नुपर्ने वडाध्यक्ष कार्की बताए । 

नगरपालिकाअन्तर्गत महारानीझोडा स्वास्थ्य चौकीका प्रमुख गोविन्द श्रेष्ठले बजार क्षेत्रभन्दा टाढाका जनतालाई सेवा पु¥याउने उद्देश्यले शहरी स्वास्थ्य क्लिनिक निर्माणको योजना ल्याइएकोले हाल उपलब्ध जग्गा सही स्थानमा भएको बताए ।  उक्त स्थानमा क्लिनिक निर्माण भए नगरका दक्षिण क्षेत्रका ठूलो संख्यामा आदिवासी समुदायले घरनजिकै स्वास्थ्य सेवा पाउने छन् । 

 

विशेष