समाज स्वास्थ्य

शौचालयमै कण्डम बक्स

शौचालयमै कण्डम बक्स


असार ३१ । गाउँका अधिकाङ्श युवा स्वास्थ्य संस्ठाबाट कन्डम निस्शुल्क पाइन्छ भन्नेमा जानकार छन्। तर सामाजिक परिवेश लाजका कारण उनीहरु सहजै स्वास्थ्यमा गएर कन्डम माग्न हिचकिचाउँछन्।

युवाका यस्तै व्यवहारलाई मध्यनजर गरेर प्राथमिक स्वास्थ्य केन्द्र खलंगाले बक्स नै शौचालभित्र राखिदिएको छ। शौचालयबाट सुटुक्क कन्डम लैजान मिल्ने भएपछि कन्डमको खपत पनि बढेको स्वास्थ्य केन्द्रले जनाएको छ।

पहिला केही युवाले मात्र माग्थे केन्द्रका प्रमुख सुवास पौडेलले भने शौचालयमा राखेपछि अत्याधिक मात्रामा कन्डम खपत भइरहेको छ ।

नयाँ पत्रिका

विशेष