Technology

भारतमा फेसबुक प्रयोगकर्ताको संख्या २४ करोड १ लाख

भारतमा फेसबुक प्रयोगकर्ताको संख्या २४ करोड १ लाख


असार ३१ – फेसबुकको सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा रहेको पाइएको छ ।

अघिल्लो साताकोे बिहिबारसम्ममा भारतका २४ करोड १ लाख जनाले फेसबुक खाता खोलेको द नेक्स्ट वेभ संस्थाले जनाएको छ ।

संस्थाका अनुसार अमेरिकाका २४ करोड नागरिकले फेसबुकमा खाता खोलेका छन् । सन् २०१७ को सुरुदेखि नै भारत र अमेरिकामा फेसबुक प्रयोगकर्ता निकै बढेको पाइए पनि अमेरिकामा भन्दा भारतमा फेसबुक प्रयोगकर्ता दुई गुणा धेरैले बढीरहेको देखिएको बिबिसीले जनाएको छ ।

गएको ६ महिनामा भारतमा फेसबुक प्रयोग गर्नेको संख्या २७ प्रतिशतले बढेको तथा अमेरिकामा यो संख्या १२ प्रतिशत मात्रै रहेको पाइएको हो ।

विशेष