खेल

विम्बल्डन टेनिसको फाइनलमा फेडरर र मारिन भिड्ने

विम्बल्डन टेनिसको फाइनलमा फेडरर र मारिन भिड्ने


असार ३१ । विश्व वरियताको पाँचौ स्थानमा रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनल प्रवेश गरेका छन् ।

फेडेररले सेमिफाइनलमा चेज रिपब्लिकका टोमस भर्डिचलाई ७–६ ७–६ र ६–४ ले हराउँदै ११ औ पटक विम्बल्डनको फाइनल प्रवेश गरेका हु्न् ।
फाइनल जिते उनी ८ औँ पटक विम्बल्डनको विजेता बन्नेछन् ।

फेडेररले सन २०१२ मा विम्बल्डनको उपाधि जितेका थिए । फाइनलमा फेडेररले छैटौ बरियताका क्रोएशियाका मारिन किलिकसँग खेल्नेछन् । किलिकले अमेरिकाका साम क्वेयरीलाई हराएर फाइनलमा स्थान बनाएका हुन् ।

विशेष