मनोरञ्जन

नाम ‘रोमान्स किङ’ भएर के गर्नु ! सुहागरात पनि मनाउन पाएनन्

नाम ‘रोमान्स किङ’ भएर के गर्नु ! सुहागरात पनि मनाउन पाएनन्

साउन १ । बलिउड अभिनेता शाहरुख खानलाई ‘रोमान्स किंग’ भन्ने गरिन्छ । विगत २५ वर्षदेखि बलिउडमा सक्रिय रहँदै आएका शाहरुखको गौरी खानसँग विवाह भएको हो । हालै एक अन्तर्वार्तामा उनले गौरी र आफूबारे बोल्दै विवाहको रात आफूले सुटिङ सेटमा नै बिताउनु परेको बताए ।

शाहरुखले भने, ‘जुन दिन हाम्रो विवाह थियो, त्यही दिनबाट म मुम्बई सरेको थिए । हामीले विवाहको रात फिल्मको सेटमा बितायौँ । तर, यसबारे पनि गौरीले केही भनिनन् । म गौरीसँग यस्तो कुरा गर्थे जुन म आफैले बुझ्दैनथे । तर, पनि गौरीले मेरो साथ छोडिनन् ।’
गैरी शाहरुखको पहिलो प्रेमीका हुन् । संसरमा ती भाग्यमानीमध्येमा शाहरुख पनि पर्छन् जसले पहिलो नजरमा नै माया बसेको केटीसँग विवाह गर्न पाए । ठूलो

छोरा आर्यनको जन्म हुनु भन्दा अघि गौरीको धेरै पटक गर्भपतन पनि भएको उनले खुलाए । उनीहरुका दुई छोरा र एक छोरी छन् । तेस्रो सन्तान शाहरुख र गौरीले सरोगेसीको मद्दतमा जन्माएका हुन् ।

विशेष