मनोरञ्जन

आशीरमान र आनाले यसरी लगाए अजम्बरी माया(भिडियाे सहित)

आशीरमान र आनाले यसरी लगाए अजम्बरी माया(भिडियाे सहित)

साउन १ । नवनायक आशिरमान देशराज जोशीर नायिका आना शर्माले एक अर्कालाई अजम्बरी माया लगाएका छन् । उनीहरुले आउँदै गरेको फिल्म ‘गयांगस्टार ब्लुज’ को गीतमा एकअर्काबीच माया लगाएका हुन् ।

भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ग्यांगस्टार ब्लुज’को रोमान्टिक गीतमा आना र आशिरमानबीच लोभलाग्दोे केमेस्ट्रि देखिन्छ । कालीप्रसाद बासकोटा र मेलिना राईको स्वर रहेको उक्त गीतमा कालीप्रसादकै संगीत रहेको छ भने सविन एकतारेको शब्द रहेको छ ।

हेमराज बीसीको निर्देशन रहेको यस फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

Anna Ashirman

विशेष