मनोरञ्जन

२५ वर्षपछि कुमार सानु काठमाडौंमा

२५ वर्षपछि कुमार सानु काठमाडौंमा


साउन १ । २८ वटा गीत एकैदिन रेकर्ड गराएर गिनिज बुकमा नाम लेखाउन सफल बलिउडका चर्चित गायक कुमार सानु अहिलो काठमाडौंमा छन् । २५ वर्षपछि नेपाल आएर शनिबार हजारौँ दर्शकलाई सङ्गीतको नशामा झुलाए ।

मुन्टेज इन्टरनेसनलको व्यवस्थापनमा काठमाडौंमा शनिबार साँझ ‘कुमार सानु लाइभ इन कन्सर्ट’ भएको थियो । नायिका निशा अधिकारी र हाँस्यकलाकार जितुले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा सानुसँगै देविका वन्दना, सुगम पोखरेल, स्मिता घिमिरे, कमलमान सिंहलगायतको प्रस्तुति रहेको थियो ।
उनी ९० को दशकका सबैभन्दा व्यस्त र सफल बलिउड गायक हुन ।

उनले नेपाली गीतहरु पनि गाएका छन् । उनको स्वरमा ’यो कथा हो तृष्णा मेरो’, ’यो दुई थोपा आँसु’, ’फूल भए जिन्दगी’, ’साँची राँखु जस्तो लाग्छ’, ’सपना सपना’ जस्ता नेपाली गीत चर्चित छन् ।
नयाँ पत्रिका

विशेष