खेल मुख्य समाचार

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ४ विकेटले पराजित

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ४ विकेटले पराजित

साउन २ । १९ वर्षमुनीको विश्वकप क्रिकेट अन्तर्गत एसियाली समुहको छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

आजदेखि सिंगापुरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको १९ वर्ष मुनिको टोलीले आयोजक राष्ट्रको सोही उमेर समुहको टोलीलाई ४ विकेटले हराएको छ ।

सिंगापुर क्रिकेट क्लब पदाङमा घरेलु टोलीले दिएको ७४ रनको झिनो लक्ष्य नेपालले १८ औं ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको लागि प्रनित थापा मगरले २३ रन जोडे । ब्याटिङमा राम्रो लय समात्न नसक्दा नेपाली किशोरहरुले ७४ रनको सामान्य लक्ष्यमै ६ विकेट गुमाउन पुगे ।

यसअघि, टस हारेर पहिले व्याटिङ गरेको सिंगापुरले २९ ओभरमा अल आउट हुनुपुर्व ७३ रन मात्रै जोड्न सक्यो । सिंगापुरका लागि ब्रिजु ऐयरले सर्वाधिक ४२ रन जोडे । बलिङतर्फ नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिँदा सहाब आलमले ३ विकेट झारे ।

नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसिया गरी चार टिम सम्मिलित एसियाको छनोटमा सबै टिमले आपसमा दुई-दुई खेल खेल्नेछन् । विजेताले १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा ठाउँ बनाउनेछ ।

विशेष