मनोरञ्जन मुख्य समाचार

प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त

प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त


सन २००७ मा इन्डियन आइडल बनेका चर्चित गायक एवं नायक प्रशान्त तामाङलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । दार्जिलिङ निवासी नेपालीभाषी गायक तामाङलाई लामो समयसम्म गयल भएको भन्दै बर्खास्त गरिएको हो । उनी कोलकाता प्रहरीमा कार्यरत थिए ।
इन्डियन आइडल बन्नुअगावै प्रहरी सेवामा रहेका तामाङलाई कोलकाता प्रहरीले लामो समयदेखि जागिरमा गयल हुनुको कारणबारे समेत सोधेको थियो । तामाङलाई १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि एक बंगला दैनिकले छापेको छ । सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ साताअगाडिको बिहीबारको अंकमा तामाङलाईे सेवाबाट बर्खास्त गरिएको समाचार छापेको छ ।
पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको भन्दै उनलाई प्रहरी पदबाट बर्खास्त गरिएका खबर पनि छापिएका छन् उनले ‘गोर्खाल्याण्ड आन्दोलन’ मा केही समय अगाडि समर्थन जनाएका थिए । प्रशान्त तामाङ इन्डियन आइडल जितेपछि नेपालको गीत संगीत र चलचित्र जगतमा छन् ।

विशेष