खेल मुख्य समाचार

विम्बल्डन टेनिसको उपाधि रोजर फेडेररलाई

विम्बल्डन टेनिसको उपाधि रोजर फेडेररलाई

साउन २ । पूर्व विश्व नम्बर एक स्वीस टेनिस खेलाडी रोजर फेडेररले कीर्तिमानी १९ औं पटक ग्राण्डस्लाम ओपन टेनिसको उपाधि जितेका छन् ।


विम्बल्डन टेनिसको उपाधि जितेसंगै फेडेररले कीर्तिमानी १९ औं ग्राण्डस्लाम जितेका हुन् ।

आठौं पटक कीर्तिमानी विम्बल्डनको उपाधि जित्ने क्रममा फेडेररले क्रोएसियन खेलाडी मारिन सिलिचलाई ६-३, ६-१ र ६-४ को सोझो सेटमा हराए ।

अहिलेसम्म कुनै पनि खेलाडीले विम्बल्डन टेनिसको उपाधि आठ पटकसम्म जित्न सकेका छैनन् ।

सन् २०१२ पछि ६ महिनाअघिमात्र अष्ट्रेलियन ओपन जितेर ग्राण्डस्लाम संख्या १८ पुर्‍याएका फेडेररले ३५ वर्षको उमेरमा विम्बल्डन पनि जितेर युवा खेलाडीलाई फेरि एकपटक चुनौती दिएका छन् ।

फेडेररले नयाँ शताब्दीमा विम्बल्डन जित्ने सबैभन्दा पाको खेलाडीको कीर्तिमान पनि आफ्नै नाममा लेखाएका छन् ।

यो कीर्तिमान लेखाउन फेडेररले सिलिचविरुद्ध जम्मा एक घण्टा ४१ मिनेटमात्र कोर्टमा संघर्ष गर्नुपर्‍यो ।

यता महिलातर्फको उपाधि स्पेनिश खेलाडी गार्बिने मुगुरुजाले जितेकी छिन् ।

फाइनलमा अमेरिकन खेलाडी भेनस विलियम्सलाई हराउँदै मुगुरुजाले करियरमा पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेकी हुन् ।

विशेष