इतिहासमा आज

मलेसियन विमान युक्रेनमा दुर्घटना, २ सय २८ यात्रुको निधन

मलेसियन विमान युक्रेनमा दुर्घटना, २ सय २८ यात्रुको निधन


सन् २०१४ जुलाई १७ अर्थात् आजकै दिन मलेसियन एयरलायन्सको जेट विमान युक्रेनमा दुर्घटना हुँदा २ सय ९८ जनाको ज्यान गएको थियो ।

नेदरल्याण्डसको एमस्टरडमबाट क्वालालम्पुरका लागि उडेको एम एच १७ कल साइन भएको बोइङ ७७७ विमान रुससंग सीमा जोडिएको युक्रेनको ग्राबोभो गाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

मलेसियन एयरलायन्सले दुर्घटनामा ज्यान गुमाउनेमा २ सय ८३ यात्रु र चालक दलका १५ सदस्य रहेका जनाएको छ । विमानमा सबैभन्दा धेरै नेदरल्याण्डसका १ सय ५४ जना, अष्ट्रेलियाका २७ जना, चालक दलका सदस्य सहित मलेसियाका ४३ जना, इन्डोनेसियाका १२ जना र बेलायतका ९ जना रहेका थिए । जर्मनी, बेल्जियम, फिलिपिन्स र क्यानडाबाट आएका सहित ४१ जना यात्रु थिए । युक्रेन सरकार र रुस समर्थक विद्रोही दुवैले एक अर्कालाई विमान खसालेको आरोप लगाएका छन् ।

विमान नेदरल्याण्डसबाट उडेको ४ घण्टापछि रुसको उडान क्षेत्रमा प्रवेश गर्ने क्रममा सम्पर्कविहीन भएको थियो । युक्रेन सरकारले रुस समर्थक विद्रोहीको नियन्त्रण क्षेत्रमा विमान दुर्घटनामा परेको र विद्रोहीले नै मिसाइल प्रहार गरी विमान खसालेको दावी गरेको छ । विद्रोहीलाई विमान खसाल्ने मिसाइल रुसले उपलब्ध गराएको युक्रेनले बताएको छ ।

विशेष