खेल मुख्य समाचार

यू–१९ छनोट क्रिकेटमा नेपाललाई ७४ रनको चुनौती

यू–१९ छनोट क्रिकेटमा नेपाललाई ७४ रनको चुनौती


साउन २ । आइसीसी यू–१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको छ ।

कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २१ खर्चेर ५ विकेट लिए । 

सिंगापुरका लागि ब्रिगु ऐरले सर्वाधिक ४२ र ओपनर सन अग्रवालले ११ रन बाहेक अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरका ३ ब्याट्सम्यान खातानखोली पेभेलियन फर्केका थिए । सिंगापुरले ८ रन एक्स्ट्रा मार्फत पाएको थियो ।

कप्तान सदिप लामिछानेको नाममा ५ विकेट रहयो भने साहब आलमले ३ विकेट लिएका थिए भने किशोर महतोले २ विकेट लिए । अहिले नेपालले जवाफि व्याटिङ गरिरहेको छ ।

विशेष