मुख्य समाचार

गोर्खाल्याण्ड आन्दोलनका क्रममा फेरी एक नेपालीभाषीको मृत्यु, मारिनेको संख्या आठ पुग्यो

गोर्खाल्याण्ड आन्दोलनका क्रममा फेरी एक नेपालीभाषीको मृत्यु, मारिनेको संख्या आठ पुग्यो


पश्चिम बंगालको नेपाल–भारत सीमावर्ती मिरिक बजारमा सोमबार राति प्रहरीको गोलीबाट एक जना गोर्खाल्याण्ड पक्षधरको मृत्यु भएको छ । योसँगै गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या आठ पुगेको छ ।

पछिल्लो पटक भारतीय अर्धसैनिक बल सीआरपीएफको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ वर्षीय आशीष तामाङको मृत्यु भएको हो । स्थानीय पत्रकार मनोहर शर्माका अनु्सार, गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ताबीच झडप हुन खोज्दा सीआरपीएफले चलाएको गोलीबाट तामाङको मृत्यु भएको हो ।

सो घटनामा पाँच जना भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलको दार्जिलिङ र मिरिक अस्पतालमा उपचार भइरहेको छ । पत्रकार शर्माका अनुसार, सोमबार दिउँसो मिरिक नगरपालिका–५ को कृष्णनगरको प्रहरी बुथमा अज्ञात समूहले आगजनी गरेको थियो । सो घटनालाई लिएर मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ताबीच एकले अर्कालाई आगजनीको आरोप लगाएका थिए ।

आगजनीको विरोधमा साँझ गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीमा आवद्ध दलका कार्यकर्ताले निकालेको -यालीमा सहभागी र तृणमुल कांग्रेसका कार्यकर्ताबीच झडप हुन लागेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो । यसअघि गोर्खाल्याण्ड आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट ७ जना सर्वसाधारणको मृत्यु भइसकको छ । मृत्यु हुनेमा टासी भुटिया, सुरज सुन्दास, समीर गुरुङ, अशोक तामाङ, विमल गजमेर, सुनिल राई र महेश गुरुङ छन् ।

 

विशेष