खेल मुख्य समाचार

मलेसियाविरुद्ध नेपाल ५ विकेटले विजयी, विश्वकप छनौटको सम्भावना बलियो

मलेसियाविरुद्ध नेपाल ५ विकेटले विजयी, विश्वकप छनौटको सम्भावना बलियो

आईसीसी अण्डर १९ वल्र्डकप क्रिकेटको एसियाली छनौटको दोस्रो खेलमा पनि नेपाल विजयी बनेको छ । आम मंगलबार चीर प्रतिद्वन्द्वी मलेसियालाई ५ विकेटले हराउँदै नेपाल विजयी बनेको हो । यो जितसँगै नेपालले विश्वकप छनौटको सम्भावना बलियो बनाएको छ ।

आजको खेलमा मलेसियाले प्रस्तुत गरेको ५९ रनको सामान्य चुनौतीलाई नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो । मलेसियासँगको खेलमा नेपालका आसिफ सेखले २३ रनको योगदान गरे । यस्तै प्रनित थापा मगरले नटआउट १८ रन बनाएका थिए । रोहित पौडेलले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।

मलेसियाबिरुद्ध पनि अघिल्ला क्रमका ब्याट्सम्यान भने चल्न सकेनन् । ओपनर सन्दिप सुनार ६, आदिल खान ५ र दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । अनिल शाहले खातै खोल्न सकेनन् ।

यसअघि कप्तान संदिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रनमा समेटिएको थियो ।
नेपालले आफ्नो तेस्रो खेलमा पर्सि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

विशेष