मनोरञ्जन

यस कारण बाटोमै पिसाब गरेँ - आलिया

यस कारण बाटोमै पिसाब गरेँ - आलिया

साउन ३ । फिल्म ‘उड्ता पञ्जाव’बाट केही समयअघि मात्र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी आलीया भट्टले हालै एक खुलाशा गरेकी छिन् । एक अन्तर्वार्तामा बोल्दै उनले निर्देशक इम्तियाज अली निर्देशित फिल्म ‘हाइवे’ को सुटिङमा उनले सार्वजनिक ठाउँमा पिसाब गर्नुपरेको बताइन् ।

फिल्मको लगभग सबैजसो सिनहरु हाइवेमा नै सुटिङ गर्नु परेको थियो । बाटोमा शौचालय नभएको हुनाले सडकको किनारामा नै पिसाव गर्नुपर्ने हुन्थ्यो । आलियाले भनिन्, ‘एक पटक हामी हायवेमा ट्रकमा यात्रा गरिरहेका थियौँ । बाटोमा जाँदाजाँदै एकदम राम्रो ठाउँ भेट्यौँ हामीले । हामी त्यहाँ रोकियौँ र त्यही केही भागहरु सुटिङ गर्ने कुरा भयो । तर, सुटिङ सुरु भएपछि त्यहाँ न त कुनै ट्वाइलेट थियो न त कुनै भ्यानीटि भ्यान । त्यसैले मैले बाटोमै पिसाव गरें ।’

विशेष