अपराध सुरक्षा मुख्य समाचार

भक्तपुरमा सहचालकद्वारा बसभित्रै बालिकामाथि बलात्कार

भक्तपुरमा सहचालकद्वारा बसभित्रै बालिकामाथि बलात्कार

१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । 

उप्रेतीले गत असार १८ गते रामेछाप मन्थली–४ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने बालिकालाई सूर्यविनायक नगरपालिका–३ बालकोट रागिनी हाईटमा सोही बस भित्र जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष