इतिहासमा आज

नेल्सन मण्डेला, यस्तो छ उनको राजनीतिक जीवन

नेल्सन मण्डेला, यस्तो छ उनको राजनीतिक जीवन


१८ जुलाई १९१८ मा दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मण्डेलको जन्म भएको थियो । उ

नी दक्षिण अफ्रिकाको पूर्वी समुन्द्री किनारमा अवस्थित ट्रान्स्के क्षेत्रमा राज गर्ने थेम्बु वंशको राजपरिवारसँग सम्बन्ध राख्ने व्यक्तित्तव थिए । उम्टाटा जिल्लाको म्वेजो नामक एउटा सानो गाउँमा उनी जन्मेका थिए । उनकी आमा खोइसान परिवारकी छोरी थिइन् । उनका घरका बुढाहजुर’बा ङुबेङ्कुकाले ईन्कोशी एन्खुलु अर्थात थेम्बु जनताका राजाका रुपमा शासन गरेका थिए । जसका एक छोराको नाम मण्डेला थियो, जो नेल्सनका हजुर’बा थिए । उनकै नामबाट नेल्सनको पारिवारिक नाम मण्डेला रहन गयो ।

दक्षिण अफ्रिकामा पहिलोपटक २७ अप्रिल, सन् १९९४ मा पूर्ण नागरिक अधिकार सहितको बहुजातीय चुनाव भएको थियो । जसमा अफ्रिकन राष्ट्रिय कांग्रेस ६२५ मतका साथ विजयी भएको थियो । उक्त अफ्रिकन राष्ट्रिय कांग्रेसको नेता मण्डेलाले पहिलोपटक काला जातीहरुको प्रतिनिधित्व गर्दै १० मे, सन् १९९४ मा राष्ट्रिय एकताको सरकार गठन गरे । प्रथम अश्वेत राष्ट्रपतिका रुपमा सन् १९९४ को मे देखि १९९९ को जुन महिनासम्म मण्डेलाले साना तथा काला जातीको जीतका रुपमा दक्षिण अफ्रिकामा नयाँ दिन ल्याइदिएकोमा अन्तर्राष्ट्रिय स्तरको सम्मान पाउनुका साथै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेलमिलापको बाटोहरु खुले ।

मण्डेलाले सन् १९९३ को नोबेल शान्ति पुरस्कार सहित चार दशकभन्दा बढी समयमा २५० भन्दा बढी सम्मानहरु पाइसकेका छन् । उनको निधन ५ डिसेम्बर २०१३ मा भएको थियो ।

विशेष