खेल मुख्य समाचार

नेपालसामु मलेसियाको ५९ रनको चुनौती

नेपालसामु मलेसियाको ५९ रनको चुनौती


साउन ३ । आइसीसी यू–१९ छनोटको आफ्नो दोस्रो खेलमा नेपालले ५९ रनको चुनौती पाएको छ ।

सिंगापुरमा जारी छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा टस जितेर फिल्डीङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा समेटेको हो । मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । खेलमा मलेसियाले ११ रन एक्स्ट्रा पाएको थियो ।

मलेसियालाई सस्तैमा समेटन नेपालका कप्तान सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस अघि पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो ।

 

विशेष