मनोरञ्जन

गौरीसँग विवाह गर्न शाहरुख खानले केसम्म गरेनन् ? यस्तो छ प्रेम कथा

गौरीसँग विवाह गर्न शाहरुख खानले केसम्म गरेनन् ? यस्तो छ प्रेम कथा

 शाहरुख खान र गौरिको विवाह भएको २५ वर्ष पूरा भएको छ । एक अन्तरवार्ताका क्रममा शाहरुखले प्रेम विवाह र परिवारको विषयमा खुलेर कुरा गरे । शाहरुखको भनाइअनुसार विवाहको पहिलो रात फिल्मकै सेटमा बिताएका थिए शाहरुख र गौरी । ‘जुन दिन हाम्रो विवाह भएको थियो, त्यही दिन हामी मुम्बई सिफ्ट भएका थियौं,’ शाहरुखले भने, ‘हामीले विवाह गरेको पहिलो रात फिल्मको सेटमा बितायौं ।’

शाहरुखको भनाइअनुसार विवाहपछिको दुई तीन वर्ष त एकअर्कालाई बुझ्नै लाग्यो । तर उनले ठूलो स्टार हुन्छ भनेर कहिल्यै सोचेका थिएनन् । शाहरुखले आफ्नो सन्तानबारे पनि खुलेर कुरा गरे । उनको भनाइअनुसार उनका तीन सन्तान छन् । तीनै जनाको कथा अलगअलग छ । आर्यनको जन्म हुनुभन्दा केही पहिला गौरी केही अन्योलमा थिइन् । बच्चा जन्मिएको केही समयसम्म पनि समस्या उस्तै थियो । छोरी सुहानाको जन्म खान परिवारका लागि खुसीको क्षण थियो । उनीहरू दुवै चाहन्थे पहिलो बच्चा छोरी नै होस् । तर दोस्रो सन्तान छोरी भइन् ।

करण जौहरको मैनबत्तीमा पार्टी

‘दिलवाले दुल्हनिया ले जाएंगे’ र ‘कुछकुछ होता है’ उनका लागि यादगर फिल्म हुन् । जुन दिन दिलवाले दुल्हनिया ले जाएंगे हेरेका थिए, त्यहि दिन गौरीको जन्मदिन थियो । त्यही दिन गौरीको जन्मदिन मनाउन मन्नतमा एउटा पार्टी आयोजना गरे शाहरुखले । घर सर्ने काम सकिएको थिएन । त्यसकारण घरमा बिजुली थिएन । करण जौहर र आदित्य चोपडाले मैनबत्ती ल्याए र बाले अनि पार्टी सम्पन्न भयो ।

पहिलो प्रेम

सन् १९८४ मा दिल्लीको पञ्चशील क्लबमा चलिरहेको एउटा पार्टीमा १९ वर्षीय शाहरुखले १४ वर्षकी गौरीलाई आँखा लगाएका थिए । उक्त पार्टीमा शाहरुखले गौरीलाई कुनै युवकसँग डान्स गरिरहेको देखेका थिए । त्यसपछि शाहरुख गौरीलाई पछ्याउन थाले । गौरी जहाँ पुग्थिन्, शाहरुख पनि त्यही पुग्थे । तेस्रोपटक भेटेपछि शाहरुखले गौरीको घरको फोन नम्बर पत्ता लगाए ।

सुरुमा गौरीलाई प्रभावित पार्न भन्दै शाहरुखले गीत पनि गाए । गीतको बोल थियो ‘गोरी तेरा गाउँ बडा प्यारा‘ ’ । सुरुमा शाहरुख आफैंले फोन गरेनन् । घरका मान्छेले थाहा नपाऊन् भन्न शाहरुखले आफ्नो साथीलाइ फोन गर्न लाउथे र उनले आफ्नो नाम साहिन बताउँथे । साहिन कोड नाम थियो । साहिन भन्नेबित्तिकै गौरी शाहरुख हो भन्ने थाहा पाउथिन् र कुरा गर्थिन् । पछिपछि लङ ड्राइभमा जान थाले ।

मुस्ताक सेखद्वारा लेखिएको बायोग्राफी ‘शाहरुख केन’मा उल्लेख भएअनुसार एक दिन शाहरुखले गौरीलाई घर छोड्ने बेलामा गौरी गाडीबाट उत्रिनेबित्तिकै गौरीलाई म तिमीसँग विवाह गर्न चाहन्छु भने । गौरीले कुनै जवाफ दिइनन् उनी त्यत्तिकै फर्किए । पछिपछि शाहरुख गौरीको यति फ्यान भए । गौरी शाहरुखबाट दिक्क हुँदै दिल्ली छाडेर मुम्बई हिँडिन् । गौरी मुम्बईमा कहाँ बस्थिन् गौरीलाई केही थाहा थिएन । शाहरुखले केही दिन गौरीकै खोजीमा मुम्बईको गल्ली चहारे । धेरै दिनको प्रयाशपछि शाहरुखले गौरीलाई मुम्बईको अक्सा बीचमा भेटे । शाहरुखलाई देख्नेबित्तिकै गौरी रुन थालिन् ।

शाहरुख त गौरीलाई विवाह गर्न चाहन्थे । तर उनीहरू दुवैको धर्म अलगअलग भएकाले गौरीको परिवारका सदस्यले शाहरुखसँगको सम्बन्ध अस्वीकार गरेका थिए ।

शाहरुखले गौरीको परिवारलाई मनाउन निकै प्रयास गरे । अन्त्यमा गौरीका बुबाआमा शाहरुखसँग सहमत भए । गौरी र शाहरुखको विवाहका लागि राजी भए । २६ अगस्त १९९१ मा शाहरुख र गौरीले अदालतमा विवाह गरे ।

 

विशेष