स्वास्थ्य

मानिसमा पोर्न भिडियोको लतबारे नयाँ खुलासा, अनुसन्धानले के भन्छ ?

मानिसमा पोर्न भिडियोको लतबारे नयाँ खुलासा, अनुसन्धानले के भन्छ ?

तपार्इंले कति पटक पोर्न भिडियो हेर्नु भएको छ ? अनी यसले तपाईंको स्वास्थ्यमा कस्तो असर पार्छ र यो कतिको बाध्यकारी छ भन्ने विचार गर्नु भएको छ ? पोर्न हेर्नु केही मानिसका लागि लत जस्तो बनेको छ, जो मानिसहरु शयन कक्षमा मसलाका रुपमा प्रयोग गर्छन् या एक्लै एक्लै रातमा हेर्ने गर्छन् ।

तर अनुसन्धानले सबै पोर्न दर्शकहरु एकै प्रकारका नभएर यस्ता दर्शकलाई तीन समूहमा विभाजित गर्न सकिन्छ भन्ने पत्ता लगाएको छ । ती समूहमध्ये एकले यसलाई स्वास्थ्यका दृष्टिकोणले हेर्ने गरेको पाइएको छ ।

जर्नल अफ सेक्सल मेडिसिनमा प्रकाशित एक अध्ययनमा पोर्न दर्शकहरुलाई मनोरञ्जक, बाध्यकारी र अश्लिल दर्शक गरी तीन समूहमा राखिएको छ । मनोरञ्जक दर्शकहरुबारे गरिएको अध्ययनमा सबै सहभागीहरुको ७५ प्रतिशत हिस्सा भएको पत्ता लागेको छ । जसले सातामा २४ मिनेटसम्म पोर्न भिडियोहरु हेर्ने गर्दछन् ।

यस समूहमा मुख्यगरी महिला र सम्बन्धमा रहेका मानिसहरु हुने गरेका छन् । यो निकट व्यथित समूहद्वारा अनुसन्धान गरिएको थियो, जसले कम समयमात्रै अर्थात सातामा करिब १७ मिनेट पोर्न हेर्ने गरेको पाइयो ।

अर्को बाध्यकारी समूह छ । यसमा पोर्न भिडियो हेर्नेको ११.८ प्रतिशत हिस्सा छ । यो समूहले प्रतिसाता ११० मिनेट पोर्न भिडियो हेर्ने गर्छन् । शोधकर्ताका अनुसार पुरुषहरु यो समूहमा बढी पर्छन् ।

क्युबेकको लाभल युनिभर्सिटीका विशेषज्ञले गरेको अध्ययनमा जो मनोरञ्जक दर्शक थिए, उनीहरुमा स्वास्थ्य पोर्न दर्शक रहेका छन् । अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरुले ८ सय ३० जनालाई कति पटक पोर्न फिल्म हेर्नुहुन्छ भनेर सोधेका थिए ।

फेरि उनीहरुलाई त्यो पोर्नको आदत कतिको बाध्यकारी, अश्लिल र मनोरञ्जनात्मक तथा उच्च यौन सन्तुष्टि, कम यौन सन्तुष्टि थियो भन्नेबारेमा समेत जानकारी लिइएको थियो । जसमा मनोरञ्जनात्मक पोर्न उपयोगकर्ताले उच्च यौन सन्तुष्टि र बाध्यकारी उपयोगकर्ताले कम यौन सन्तुष्टि र शिथिलता तथा उच्च यौन अनिवार्यता भएको बताएका थिए ।

यसैगरी बढी थकित मानिसहरुले पनि कम सन्तुष्टिबारे उल्लेख गरेका छन् । यो अध्ययनका आधारमा विज्ञहरुले मनोरञ्जक र बाध्यकारी र अश्लिल पोर्न भिडियो दर्शकमा विभाजन गरेका छन् ।

उनीहरुले मनोरञ्जक दर्शकहरु स्वास्थ्यका तरिकाले यस्तो गर्न सक्षम रहेपनि यसमा केहीका लागि समस्या आउने उल्लेख गरेका छन् । यद्यपि अझै पनि यसलाई नशाको रुपमा वर्गीकरण गरिएको छैन ।

तर केही अनुसन्धानकर्ताले यसले केही मानिसहरु यसको प्रयोगबिना रहन नसक्ने र अल्कोहल तथा लागूऔषधजस्तै प्रयोगकर्ता बन्ने खतरा औल्याएका छन् । यसलाई लतका रुपमा उपचार गर्नका लागि पर्याप्त प्रमाणहरुको भने अभाव रहने उनीहरुको तर्क छ ।

विशेष