मनोरञ्जन

चर्चित लोकगायक बद्री पंगेनी जुवा अखडाबाट पक्राउ

चर्चित लोकगायक बद्री पंगेनी जुवा अखडाबाट पक्राउ


साउन ४ । चर्चित लोकगायक बद्री पंगेनी पक्राउ परेका छन् । एमाले समिर्थत यी कलाकारलाई प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

महाराजगञ्ज प्रहरी वृत्तले जुवाखालमा छापा मार्दा उनी पक्राउ परेको जनाएको छ । जुवाखालबाट थप १० जना पनि पक्राउ परेका छन् । त्यहाँब्ँट २ लाख रुपैयाँसमेत बरामद भएको थियो ।

प्रहरी स्रोतका अनुसार, पक्राउ परेलगत्तै छुट्न उनले हारगुहार गरेका थिए । यद्यपी प्रहरीले उनलाई राति छुटाउन चाहेन । तर, राति छुट्टै कोठामा सुताएको थियो । उनी अहिले छ्ट्ने प्रक्रियामा छन् ।

विशेष