मनोरञ्जन

जग्गा जासुस फिल्मकी नायिका मृत फेला, हत्या वा आत्महत्या

जग्गा जासुस फिल्मकी नायिका मृत फेला, हत्या वा आत्महत्या


साउन ४ । केहि समय अघि रिलिज भएको चलचि जग्गा जासुस फिल्मकी नायिका तथा गायिका विदिशा बेजबरूआ मृत्त फेला परेकी छिन्।

उनी भारतको गुरुग्राममा मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । मृत्युको कारणबारे पत्ता लगाउन प्रहरीले उनका श्रीमान् नितिश झालाई पक्राउ गरेको छ ।

उनीहरू बीच प्रेम विवाह भएको भएतापनि सम्बन्ध राम्रो नभएको बताइएको छ । उनका श्रीमान्को अर्काे गर्लफ्रेन्ड भएका कारण पनि उनीहरू बीच सामान्य झैझगडा भइ नै रहने गरेको उनका पिताले बताए । प्रहरीले उनको मोबाइल फोन, फेसबुक अकाउन्टको माध्यमबाट अनुसन्धान सुरू गरिसकेको बताएको छ ।

३० वर्षीया उनले टिभी मा समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गरेकी थिइन् । पतिसँग अधिकांश समय झगडा पर्ने उनको आत्महत्या नभई हत्या भएको उनका पिताले बताएका छन् । उनले छोरीको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

विशेष