मनोरञ्जन मुख्य समाचार

बद्री पंगेनीको स्पष्टोक्ति : म पक्राउ परेको छैन

बद्री पंगेनीको स्पष्टोक्ति : म पक्राउ परेको छैन

चर्चित लोकगायक बद्री पंगेनीले आफू जुवाखालबाट पक्राउ नपरेको स्पष्ट पारेका छन् । सञ्चार माध्यममा बुधबार आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै गायक पंगेनीले आफू केही साथी जुवा खेलेको अवस्थामा पक्राउ परेको सुनेर प्रहरी कार्यालयसम्म गएको तर प्रहरीले कानुनबमोजिम हुन्छ भनेपछि घर फर्केको उल्लेख गरेका छन् ।


प्रेस विज्ञप्ति

आदरणीय सञ्चारकर्मी मित्रहरु,

विभिन्न सञ्चारमाध्यममा म बद्री पंगेनी मंगलबार राति जुवा खालबाट पक्राउ परेको भनी प्रशारित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।

मंगलबार राति म कुनै पनि प्रहरी कार्यालयको हिरासतमा नरही आफ्नै घरमा रहेको जानकारी गराउन चाहन्छु । बरु, मंगलबार साँझ ६ बजेको आसपासमा केही परिचित मित्रहरुलाई प्रहरीले घेरा हालेको सुनेर म के रहेछ भनी बुझ्ने क्रममा महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको हुँ । उहाँहरु तास खलिरहेको अवस्थामा समातिनुभएको जानकारी पाएँ । त्यहाँका डिएसपीले कानुन बमोजिम कारवाही हुन्छ भनेपछि म आफ्नो बाटो लागेको हुँ । तर, जसरी आफैँ पक्राउ परेको भनी मेरो मान मर्दन हुने गरी समाचार आएका छन्, यसप्रति म घोर आपत्ति प्रकट गर्दछु । साथै, म बारे कुनै भ्रम नराख्नुहुन समस्त शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु ।

बद्री पंगेनी
कलाकार
मिति– २०७४।४।४

 

विशेष