मनोरञ्जन

‘अरुले काले दाइ भन्दा रिसाउँदैन, मैले भन्दा रिसाउँछ’ — स्वस्तिमा खड्का

‘अरुले काले दाइ भन्दा रिसाउँदैन, मैले भन्दा रिसाउँछ’ — स्वस्तिमा खड्का

साउन ४ । फिल्म पर्वको ‘काले दाई’ बोलको गीतले खुबै चर्चा पायो । गीतसँगै काले दाइको भूमिकामा रहेका निर्देशक तथा अभिनेता निश्चल बस्नेतले पनि खुब चर्चा बटुले । सबैको अघि काले दाईको चर्चा पाएका निश्चललाई आफ्नै श्रीमती स्वस्तिमा खड्काले काले दाइ भनेर बोलाउँदा भने धेरै नै रिसाउने स्वस्तिमाले बताएकी छिन् ।

एक अन्तर्वार्तामा बोल्दै स्वस्तिामाले यस्तो खुलाशा गरेकी हुन् । काले दाई सबैले भन्दा निश्चल खुशी हुन्छन् । तर स्वस्तिमालाई भने कालेमात्र भन बरु दाई नभन भनेर रिसाउने गरेको उनले खुलाशा गरिन् । पछिल्लो समय स्वस्तिमा खड्काको ‘कुटुमा कुटु’ बोलको गीतले खुबै चर्चा पाएको छ । उनी अभिनित फिल्म ‘छक्का पञ्जा २’ यही असोज ११ बाट रिलिज हुँदै छ ।

विशेष