देश

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

साउन – ४ । धादिङमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

धादिङ्गको बेनीघाट रोराङ गाउँपालिका – ९ ज्यामिरेघाटमा बुधबार बसको ठक्करबाट अन्दाजी ४० वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८७९ नम्बरको बसले ठक्कर दिएको हो । ठक्कर दिने बस सहित चालकलाई सोही कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विशेष