खेल

सफल प्रशिक्षक कोन्टेले चेल्सीसँग गरे नयाँ सम्झौता

सफल प्रशिक्षक कोन्टेले चेल्सीसँग गरे नयाँ सम्झौता

साउन–४ । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले दुई वर्षको नयाँ सम्झौता गरेका छन् ।

गएको वर्षमात्र प्रिमियर लिग च्याम्पियन चेल्सीले कोन्टेसँग तीन वर्ष अनुबन्धको सम्झौता गरेको थियो । यस कारण कोन्टेको क्लबमा रहने समय नबढे पनि उनको क्लबप्रतिको प्रतिबद्धता थप बलियो भएको चेल्सीले विश्वास गरेको छ ।

गएको सिजनमा मात्र क्लब आएका ४७ वर्षे इटालियन कोन्टेले पहिलो वर्षमै क्लबलाई प्रिमियर लिगको उपाधि जिताएका थिए । उनले आफ्नो नयाँ सम्झौताबाट धेरै खुशी रहेको बताएका छन् ।

विशेष