इतिहासमा आज

भारतको २९ औं राज्य तेलंगना

भारतको २९ औं राज्य तेलंगना


भारतको आन्ध्र प्रदेश राज्यबाट छुट्एियर बनेनको भारतको नयाँ राज्य तेलंगाना सन् २०१४ जुलाई १ अर्थात आजकै दिन २९ औं राज्य भएको थियो ।

५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल लोक सभा बाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्ये सभा बाट मन्जुरी दिइयो ।

राष्ट्रपति को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविजनको प्रसारण रोक्नु परेको थियो ।

अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ ।

 

विशेष