स्वास्थ्य

यस्तो पनि रोग, १३ वर्षीया किशोरको पेटमा फुटबल भन्दा ठुलो हर्निया

यस्तो पनि रोग, १३ वर्षीया किशोरको पेटमा फुटबल भन्दा ठुलो हर्निया


एक बंगलादेशी किशोर पेटमा झुन्डिएको फुटबल आकारजस्तो हर्नियाका कारण साधारण मानिसझैं जीवनयापन गर्न र स्कुल जानका लागि संघर्ष गरिरहेका छन् ।
मोहम्मद सबुझ नाम गरेका ती १३ वर्षीय किशोरको पेटमा झुन्डिएको फुटबल आकारजस्तो हर्निया दिन–प्रतिदिन बढ्दै जान थालेपछि उनी आफ्नो भविष्यप्रति धेरै निराश बनेको बताउँछन् ।

जन्मजात नै उनको पेटमा हर्निया देखापरेको थियो । मोहम्मदको परिवारलाई गरिबीले गाँजेको छ ।उनको यो दुःखद् हालत देखेर एकजना सामाजिक कार्यकर्ताले सम्बन्धित निकायलाई सहयोग गर्न झक्झकाएपछि उनको अवस्था बाहिर आएको हो ।

मोहम्मदका पिता नोरुल इस्लाम मजदुरीको काम गर्छन् । बंगलादेशको दक्षिण भागमा अवस्थित सिरजगोंगमा बसोबास गर्ने नोरुलले आफ्नो सबैभन्दा प्यारो छोरो कुनैपनि कामका लागि सक्षम नभएको बताउँछन् ।

मोहम्मदको विषयमा समाचारहरु बाहिर आउन थालेपछि बंगलादेशका स्वास्थ्य अधिकारीहरुले उपचारका लागि आवश्यक तयारी अगाडि बढाएको बताएका छन् ।
नोरुलकाअनुसार मोहम्मद अहिले राजधानी ढाकामा गएर आवश्यक परीक्षणका लागि सरकारी अधिकारीहरु कुरिरहेका छन् ।

ढाका मेडिकल कलेजका चिकित्सकहरुले भनेका छन्–‘स्थानीय अस्पतालको परीक्षण रिपोर्टअनुसार मोहम्मदलाई कमैमात्र देखिने जटिल प्रकारको ‘भेन्ट्रल हर्निया’ भन्ने रोग लागेको छ ।’

यो रोगलाई साधारणतयाः सामान्य हर्नियाकोरुपमा मानिसहरुले बुझ्ने गरेका छन् । चिकित्सककाअनुसार पेटको भित्तामा हुने मांसपेसीको कमजोरीका कारण पेटका स्नायुहरु फुल्ने गर्दछ ।

स्वास्थ्य अधिकारीहरुलाई मोहम्मदको निःशुल्क उपचार गर्न सामाजिक कार्यकर्ता ममुन विश्वासले दबाब दिएका थिए । उनी यसै वर्षको सुरुतिर केही सहयोग रकम लिएर मोहम्मदका पिता नोरुललाई भेट्न पुगेका थिए ।

साथीभाइहरुले गिज्जाएपछि स्कुल जानसमेत समस्या आएको बताउँछन्, नोरुल । उनले स्कुलमा आफ्नो छोराका लागि शिक्षा महत्वपूर्ण रहेको बताउँदै उपचारमा सहयोग गर्न र पढ्ने वातावरण मिलाइदिन याचनासमेत गरेका थिए ।

विशेष