देश

पूर्व युवराज भेटिए छोराछोरीका साथ नाइट क्लबमा

पूर्व युवराज भेटिए छोराछोरीका साथ नाइट क्लबमा


साउन ४ । निकै विवादित छवी बनाएका पूर्व युवराज पारस शाह लामो थाइल्याण्डको बसाई पछि अहिले नेपालमै रहेका छन् ।

परिवारबाट अलगै बस्दै आएका पारस अहिले परिवारसँग नजिक हुँदै आएका छन् । केहि समय अघिमात्र पत्नी हिमानी सहित सपरिवार दक्षिणकाली मन्दिरको दर्शन गर्न पुगेका शाह अघिल्लो बुधबार छोराछोरीका साथ नाइट क्लबमा भेटिए ।

विभिन्न नाइट क्लबमा उधूम मच्चाएको भनि विवादमा तानिइरहने पारस एक बाबुका रुपमा त्यहाँ प्रस्तुत भएका देखिन्थे । पूर्वराजपरिवारभित्र बाबु र छोरीछोराबीचको यो आत्मीयता सायद गोप्य नै रहन्थ्यो होला, डेजाबु क्लबले आफ्नो फेसबुक पेजमा उनीहरुको सामूहिक फोटो पोस्ट नगरेको भए ।
सामान्यतया सार्वजनिक कार्यक्रममा सहभागी नहुने पारस छोराछोरी हृदयेन्द्र, पूर्णिका र कृतिकासहित त्यहाँ पुगेका हुन् ।

विशेष