खेल

अफगानिस्तानद्वारा नेपाललाई १९१ रनको लक्ष्य प्रस्तुत

अफगानिस्तानद्वारा नेपाललाई १९१ रनको लक्ष्य प्रस्तुत

साउन ५ । सिंगापुरमा भइरहेको आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रको खेलअन्तर्गत अफगानिस्तानले नेपालसामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा अलआउट हुँदै नेपालसँग १९० रन बनाएको हो ।
नेपालका लागि साहिब आलमले ३, पवन सर्राफले र सन्दिप लामिछानेले २, २ तथा किशोर महतो र दीपेन्द्रसिंह ऐरीले १, १ विकेट लिएका थिए ।

विशेष