मनोरञ्जन

१० किलो वजन घटाए प्रभासले, विवाहबारे गरे यस्तो खुलासा

१० किलो वजन घटाए प्रभासले, विवाहबारे गरे यस्तो खुलासा

साउन ५ । दक्षिण भारतीय अभिनेता प्रभासलाई अहिले नचिन्ने सायदै कोही होला । एस एस राजामौली निर्देशित फिल्म ‘बाहुबली’ को अपार सफलतापछि प्रभासले पूरै भारतलगायत विदेशमा पनि आफ्ना फ्यान कमाएका छन् । फिल्मकै लागि वजन बढाएका प्रभासले अहिले १० किलो वजन घटाइसकेका छन् ।

फिल्मको सफलतापछि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुले प्रभासलाई पछ्याए । तर, मिडियाबाट आफ्नो दूरीलाई कायम राखेर उनी बिदा मनाउन बेलायत पुगेका थिए । हालै बेलायतबाट फर्केका प्रभासले मिडियासँग कुराकानी गर्ने क्रममा अहिले आफूले १० किलो वजन घटाएको बताएका हुन् ।

आउँदो फिल्म ‘साहो’ को लागि उनलाई अझै २ किलो वजन घटाउनुपर्ने छ । उक्त फिल्मको लागि उनी आफ्नो वजन ८८ जति बनाउने प्रयत्नमा छन् ।
केही समयअघि उनले अभिनेत्री अनुष्का शेट्टीसँग विवाह गर्ने हल्ला पनि सञ्चारमाध्यममा खुब छाएको थियो । तर, अहिले परिवारसँग विवाहको प्रस्ताव आएपनि आफूले भने यसबारे केही नसोचेको उनले प्रष्ट पारेका छन् ।

विशेष