खेल

पण्डितको शव आज आइपुग्दै, श्रद्धान्जलीका लागि रंगशालामा राखिने

पण्डितको शव आज आइपुग्दै, श्रद्धान्जलीका लागि रंगशालामा राखिने

साउन ५। अमेरिकामा हिमाल चढ्ने क्रममा निधन भएका हिमालय आरोही सञ्जय पण्डितको शब आज काठमाडौ आइपुग्ने भएको छ ।

अमेरिकाको अलास्कामा झण्डै १ महिना अघि निधन भएका पण्डितको शब ल्याउन सबै प्रक्रिया पुरा गरेर आज काठमाडौ ल्याउन लागिएको हो । उनको शबलाई काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अन्तिम श्रद्धाञ्जलीकालागि राखिने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका अग्ला हिम शिखरको सफल आरोहण गरिसकेका पण्डितको अमेरिकाको अलास्का हिमाल चढ्ने क्रममा लेक लागेर मृत्यु भएको थियो ।

२९ बर्षिय पण्डितको शबमा खेलकर्मीहरुले अन्तिम श्रद्धाञ्जली दिएपछि उनको गृह जिल्ला प्यूठानमा अन्त्यष्टि गरिने तयारी छ । तर यहाँबाट शब बाहनमा शब लैजान अप्ठेरो हुने भएकाले सरकारले हेलिकप्टरको व्यवस्था गरे प्यूठानमा पुराएर अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

विशेष