मनोरञ्जन

सुटिङमा तरबारले लाग्दा कंगनाको टाउकोमा १५ टाका

सुटिङमा तरबारले लाग्दा कंगनाको टाउकोमा १५ टाका

साउन ५ । बलिउड अभिनेत्री कंगना रनौट फिल्म ‘मणीकर्णिका — द क्वीन अफ झांसी’ को सुटिङको दौरान गम्भीर रुपमा घाइते भएकी छिन् । भारतीय मिडियाले जनाएअनुसार, कंगना हैदरबादमा तरबारबाजीको एक फाइटिङ दृश्य सुट गर्दै थिइन् । त्यही बेलामा उनको आखाँ भन्दा माथिको भागमा तरबार लाग्यो ।

घाइते कंगनालाई अपोलो अस्पतालको आइसियुमा भर्ना गरिएको छ । आँखा भन्दा माथिको भाग निधारमा लागेको उक्त घाउमा १५ वटा टाका लगाइएको छ । यस फाइटिङ सिनको लागि धेरै पटक रिहर्सल भएको थियो । तर, अन्तिम सिनमा समय गलत साबित भएको फिल्मका निर्माता कमल जैन बताउँछन् ।

उक्त सिनमा कंगनालाई आक्रमणबाट बच्नु थियो तर उनले पूर्ण रुपमा शिर झुकाउन सकिनन् र उनको निधारमा तरबारले लाग्यो ।

kangana

विशेष